Kathmandu Press

राष्ट्रपति भण्डारी लुम्बिनी जाँदै

काठमाडौं, मंसिर १६ : राष्ट्रपति विद्यादेवी भण्डारी आज लुम्बिनी जान लागेकी छन्।राष्ट्रपति भण्डारी लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औँ दिवसका अवसरमा आयोजित मूल कार्यक्रमको उद्घाटन...
राष्ट्रपति भण्डारी लुम्बिनी जाँदै

काठमाडौं, मंसिर १६ : राष्ट्रपति विद्यादेवी भण्डारी आज लुम्बिनी जान लागेकी छन्।

राष्ट्रपति भण्डारी लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औँ दिवसका अवसरमा आयोजित मूल कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। त्यस्तै, कपिलवस्तुको वाणगङ्गा नगरपालिका–२ नन्दनगरमा निर्माणाधीन कैलाश आश्रम धाममा निर्माण गरिएका प्रवेशद्वार र विश्रामगृहको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

Hardik ivf

राष्ट्रपति भण्डारीले विश्वविद्यालयले आयोजना गरेको प्रथम त्रियान प्रज्ञा सम्मेलन तथा पुस्तकालय भवन उद्घाटन गर्ने कार्यक्रम रहेको विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले बताए। नौ करोड २० लाखको लागतमा विश्वविद्यालयले पुस्तकालय निर्माण गरेको हो।

त्यस्तै बुद्ध मूर्तिको अनावरण र सम्मान कार्यक्रमसमेत राखिएको छ। त्रियान प्रज्ञा सम्मेलन कार्यक्रममा नेपालमा अभ्यास भइरहेका बौद्ध दर्शनका यी तीन बाटोको संस्कृतिलाई समृद्धिसँग कसरी जोडेर लैजान सकिन्न भन्ने विषयमा सम्मेलन गर्न लागिएको रजिष्ट्रार आचार्यले जानकारी दिए।

 

प्रकाशित मिति: ०८:१९ बजे, बिहीबार, मंसिर १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्