Kathmandu Press

वीरगन्जमा ‘मेड इन नेपाल एक्स्पो’ हुँदै

वीरगञ्ज, मंसिर १६ : नेपाल युवा उद्यमी मञ्चले वीरगन्जमा ‘मेड इन नेपाल एक्स्पो एन्ड फुड फेस्ट’ आयोजना गर्ने भएको छ।मञ्जले पत्रकार सम्मेलन गरी...
वीरगन्जमा ‘मेड इन नेपाल एक्स्पो’ हुँदै

वीरगञ्ज, मंसिर १६ : नेपाल युवा उद्यमी मञ्चले वीरगन्जमा ‘मेड इन नेपाल एक्स्पो एन्ड फुड फेस्ट’ आयोजना गर्ने भएको छ।

मञ्जले पत्रकार सम्मेलन गरी व्यापार प्रवर्द्धन गर्न औद्योगिक तथा व्यापारिक नगरी वीरगन्जमा एक्स्पो आयोजना गर्न लागेको जनाएको छ।

मञ्चका अध्यक्ष अनुप अग्रवालका अनुसार नेपाली युवा उद्यमीको जोश, जाँगर र प्रतिभा आदानप्रदान गरी मुलुकको आर्थिक विकासमा टेवा दिन एक्स्पो गर्न लागिएको हो।

युवा उद्यमीमा रहेको नयाँ सोच र उद्यम प्रवर्द्धन गर्न एक्स्पो गर्न लागिएको उनको भनाइ छ। फागुन १२ देखि १५ गतेसम्म एक्स्पो आयोजना हुने भएको छ। यसमा नेपाली उत्पादन मात्रै राखिने भएका छन्।

प्रकाशित मिति: ०७:०० बजे, बिहीबार, मंसिर १६, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्