Kathmandu Press

कांग्रेस सोलुखुम्बुको सभापतिमा नाम्गेल जाङ्बु शेर्पा

सोलुखुम्बु, मंसिर १५ः नेपाली कांग्रेस सोलुखुम्बुको सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन्।उनले आफ्नो निकटतम प्रतिस्पर्धी पार्टीका निवर्तमान सभापति विनोदकुमार बस्नेतलाई १४२ मत...
कांग्रेस सोलुखुम्बुको सभापतिमा नाम्गेल जाङ्बु शेर्पा
Hardik ivf

सोलुखुम्बु, मंसिर १५ः नेपाली कांग्रेस सोलुखुम्बुको सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन्।

उनले आफ्नो निकटतम प्रतिस्पर्धी पार्टीका निवर्तमान सभापति विनोदकुमार बस्नेतलाई १४२ मत अन्तरले पछि पार्दै विजयी भएका हुन्। 

मङ्सिर २ गते सम्पन्न पहिलो चरणको निर्वाचनमा सभापति पदका तीन उम्मेदवारले कांग्रेसको विधान बमोजिमको मत ल्याउन नसक्दा सो पदका लागि दोस्रो चरणको निर्वाचन मङ्गलबार भएको थियो । कूल ८९७ मत खसेकोमा सोलु दूधकुण्ड नगरपालिकाका प्रमुखसमेत रहनुभएका शेर्पाले ५१३ र बस्नेतले ४७१ मत प्राप्त गरेका थिए।
    
पहिलो चरणको निर्वाचनमा ८८२ मत खस्दा बस्नेतले ४२८ र शेर्पाले ४१८ मत प्राप्त गरेका थिए भने सभापति पदका अर्का उम्मेद्वार रामबहादुर बस्नेतले ५ मत प्राप्त गर्नुभएको थियो । अघिल्लो मतपरिणाम अनुसार १० मत अन्तरले अगाडि रहेका बस्नेत दोस्रो चरणको निर्वाचनमा भने १४२ मत अन्तरले हार बेहोरेका छन्।

प्रकाशित मिति: १६:२३ बजे, बुधबार, मंसिर १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्