Kathmandu Press

सुन र नगदसहित दुई युवक पक्राउ

लहान, मंसिर १५ : प्रहरीको टोलीले सिरहाको लहान नगरपालिका–७ बाट ५० ग्राम सुन र रु ५४ हजार नगदसहित दुई युवकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा...
सुन र नगदसहित दुई युवक पक्राउ

लहान, मंसिर १५ : प्रहरीको टोलीले सिरहाको लहान नगरपालिका–७ बाट ५० ग्राम सुन र रु ५४ हजार नगदसहित दुई युवकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तरीको खड्क नगरपालिका–११ निवासी २५ वर्षीय तौहिद आलम र सप्तरीकै बोदे वर्साइन नगरपालिका–६ निवासी २५ वर्षीय मो।समिम अख्तर रहेको प्रहरीले जनाएको छ। 

पक्राउ परेका दुवै जनाको साथबाट प्रहरीले रु. तीन लाख ९१ हजार ८०३ मूल्य बराबरको ५० ग्राम सुन र रु. ५४ हजार नगद बरामद गरेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक डा तपन दाहालले जानकारी दिए। 

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले स८प ६०७७ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा दुवै जनालाई सुन र नगदसहित पक्राउ गरेको उनले बताए। 

प्रकाशित मिति: १२:०५ बजे, बुधबार, मंसिर १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्