मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
जनकपुर, मंसिर १५ : जनकपुर–ढल्केबर खण्डअन्तर्गत धनुषाको महेन्द्रनगरमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।काठमाडौंबाट ज१२प ५२२५ नम्बरको मोटरसाइकलमा घर...
जनकपुर, मंसिर १५ : जनकपुर–ढल्केबर खण्डअन्तर्गत धनुषाको महेन्द्रनगरमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
काठमाडौंबाट ज१२प ५२२५ नम्बरको मोटरसाइकलमा घर फर्किने क्रममा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक धनुषाको कमला नगरपालिका–३ लगमा निवासी २३ वर्षीय विजय मोरबैता यादवको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते यादवलाई तत्कालै उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रकाशित मिति: ११:५६ बजे, बुधबार, मंसिर १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












