Kathmandu Press

सर्वोच्चमा प्रधान्यायाधीशको अधिकार कटौती हुँदै, गोला प्रथाबाट पेसी तोक्ने तयारी

सर्वोच्च अदालतमा बुधबारदेखि मुद्दाको सुनुवाईमा प्रधानन्यायाधीशको अधिकार कटौती हुने भएको छ । गोलाप्रथाद्वारा पेशी तय गर्न सर्वोच्च अदालतका सबै न्यायाधीश छलफलमा जुटेका छन् । 
सर्वोच्चमा प्रधान्यायाधीशको अधिकार कटौती हुँदै, गोला प्रथाबाट पेसी तोक्ने तयारी

काठमाडौं, मंसिर १५ः सर्वोच्च अदालतमा बुधबारदेखि मुद्दाको सुनुवाईमा प्रधानन्यायाधीशको अधिकार कटौती हुने भएको छ । गोलाप्रथाद्वारा पेशी तय गर्न सर्वोच्च अदालतका सबै न्यायाधीश छलफलमा जुटेका छन् । 

केही बेरमै नयाँ विधि र प्रक्रिया अनुरुप पेशी तय गर्ने तयारी छ । मुद्दाको भाग लगाएर गोलाप्रथा अनुरुप मुद्दा सुनुवाई प्रक्रियामा लैजाने फूलकोर्ट वैठकको निर्णय कार्यान्वयन हुने भएको छ । 

Hardik ivf

नेपाल बारले भने बुधबार पनि हातमा कालोपट्टी बाँधेर आन्दोलन जारी राखेको छ । सर्वोच्च अदालत नियमावली संशोधनपछि सर्वोच्चका न्यायाधीशका लागि गोलाप्रथामार्फत मुद्दा सुनुवाईको जिम्मेवारी तोक्न थालिएको हो । बारले प्रधानन्यायाधीशको राजीनामाका अतिरिक्त देशैभरका अदालतमा गोलाप्रथा लागू गर्न माग राखेको छ । 

संशोधित सर्वोच्च अदालत नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ । सर्वोच्चमा मुद्दा सुनुवाईका लागि आठवटा संयुक्त इजलास र दुईवटा एकल इजलास तय गरी पेशी तोक्ने तयारी भइरहेको सर्वोच्च उच्च स्रोतले काठमाडौं प्रेसलाई बतायो । 

यसअघि प्रधानन्यायाधीशको कार्यशैलीप्रति विरोध जनाउँदै अघोषित इजलास वहिष्कारमा उत्रेका सर्वोच्चका न्यायाधीश अब नियमित सुनुवाईमा फर्किने छन् । सर्वोच्चमा वन्दीप्रत्यक्षीकरणसहित सबै प्रकृतीका मुद्दाको पेशी तय गर्ने तयारी छ । 

बारले भने विरोध र आन्दोलनका कार्यक्रम अनुरुप मुद्दाको हदम्याद गुज्रने अवस्थाको अन्तिम म्यादको बाहेक कुनै पनि अदालत, न्यायाधीकरणहरुमा फिराद, प्रतिउत्तर, पुनरावेदन, रिट, लिखित जवाफ, वहश नोट, केही पनि दर्ता नगर्न देशैभरका बार इकाईमा सर्कुलर गरेको थियो । 

गोलाप्रथा लागू गर्ने निर्णयका बाबजुद बारले प्रधानन्यायाधीशको राजिनामा माग गर्दै सर्वोच्च अदालतभित्रै एक घण्टे धर्ना कार्यक्रम राखेको छ । राणाको राजिनामा नआउञ्जेल पछि नहट्ने अडानमा बार छ । 

यता प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा भने कोभिड संक्रमणका कारण स्वास्थ्य असहज बनेपछि अस्पतालमा भर्ना भएर बसेका छन् । सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले राणाको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको जानकारी दिए । 
 

प्रकाशित मिति: १०:२८ बजे, बुधबार, मंसिर १५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्