Kathmandu Press

पश्चिमी वायुको प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं, मंसिर १५ : जल तथा मौसम विज्ञान विभागले आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।पश्चिमी वायुसँगै आएको पश्चिमी...
पश्चिमी वायुको प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं, मंसिर १५ : जल तथा मौसम विज्ञान विभागले आज देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।

पश्चिमी वायुसँगै आएको पश्चिमी न्यूनचापीय प्रणाली र अरब सागरमा बनेको न्यूनचापीय क्षेत्रको असरका कारण आज बेलुकादेखि मौसम बदली हुने विभागले जनाएको छ। जसले गर्दा वर्षाको सम्भावना रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीका विभिन्न स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

वर्षा र हिमपातले गर्दा भोलिदेखि तापक्रम घटेर चिसो बढ्नसक्ने महाशाखाले जनाएको छ। शुक्रबारदेखि भने सौसममा सुधार आउने आंकलन गरिएको छ।

प्रकाशित मिति: ०८:२३ बजे, बुधबार, मंसिर १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्