पच्चीस किलो चरेससहित एक जना पक्राउ
बझाङ, मंसिर १५ : प्रहरीले बझाङको डुग्रीबजारबाट २५ किलो लागुऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय, बझाङका अनुसार चरेस सहित ३४...
बझाङ, मंसिर १५ : प्रहरीले बझाङको डुग्रीबजारबाट २५ किलो लागुऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय, बझाङका अनुसार चरेस सहित ३४ वर्षीया कल्पना रोकायालाई पक्राउ गरिएको हो। बझाङ सदरमुकाम चैनपुर नजिकैको डुग्री बजारमा रोकायाको किराना पसलबाट चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
चरेस सहित रोकायालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए।
प्रकाशित मिति: ०७:५० बजे, बुधबार, मंसिर १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












