पिछडिएका समुदायलाई शिक्षामा जोड दिन मुख्यमन्त्री राउतको आग्रह
धनुषा, मंसिर १४ : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम, दलितलगायतका पिछडिएका समुदायलाई शिक्षामा जोड दिन आग्रह गरेका छन्।महोत्तरीको पिपरा गाउँपालिकाको सहोडबामा...
धनुषा, मंसिर १४ : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुस्लिम, दलितलगायतका पिछडिएका समुदायलाई शिक्षामा जोड दिन आग्रह गरेका छन्।
महोत्तरीको पिपरा गाउँपालिकाको सहोडबामा आज आयोजित भेटघाट कार्यक्रममा मुख्यमन्त्री राउतले शिक्षामा पछि परेका मुस्लिम दलितलगायतको समुदायले शिक्षामा जोड नदिएसम्म प्रदेशको विकास सम्भव नरहेको बताए। पिछडिएको समुदायलाई शिक्षामा अगाडि बढाउन प्रदेश सरकारले विभिन्न योजना ल्याएको उल्लेख गर्नुहुँदै उनले उक्त योजनाको लाभ लिन सर्वसाधारणलाई आग्रहसमेत गरे।
प्रकाशित मिति: २०:५१ बजे, मंगलबार, मंसिर १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












