एकताको महाधिवेशनको पक्षमा छु : अध्यक्ष जबरा
काठमाडाैं, मंसिर १४ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराले आफू एकताको महाधिवेशनका पक्षमा रहेको र उम्मेदवारी नदिने निर्णय गरेका छन्।राप्रपा पार्टी...
काठमाडाैं, मंसिर १४ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर जबराले आफू एकताको महाधिवेशनका पक्षमा रहेको र उम्मेदवारी नदिने निर्णय गरेका छन्।
राप्रपा पार्टी कार्यालय चाबहिलमा आज आयोजित पत्रकार सम्मेलनमा आफू निर्वाचनभन्दा एकता महाधिवेशनको पक्षमा रहेको हुँदा सर्वसम्मतिको पक्षमा रहेको बताएका हुन्। 'आजको सन्दर्भमा पार्टी एकता सर्वोपरि सत्य बनेको छ, नेतृत्वको रस्साकसीमा फेरि पनि टुट र फुटको श्रृङ्खला नदोहोरियोस् भन्ने मेरो चाहना हो,' अध्यक्ष राणाले भने, 'त्यसैकारण देशव्यापी सद्भावना र समर्थनका बाबजुत, पार्टीको एकता र बृहत्तर हितका लागि निर्वाचन प्रक्रियाबाट अलग रहने मैले निधो गरेको छु।'
महाधिवेशनको उर्जाबाट आफ्नो लक्ष्य पूरा हुने विश्वास व्यक्त गर्दै उनले जिम्मेवारीलाई निष्कर्षमा पुर्याउनु सबैको जिम्मेवारी भएको बताए। राप्रपाको महाधिवेशन यही मङ्सिर १५, १६ र १७ गते काठमाडौँमा हुने तय भएको छ भने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।












