‘मधेशलाई अधिकार सम्पन्न बनाउन माओवादीको विकल्प छैन’
जलेश्वर, मंसिर १४ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले मधेश र त्यहाँका जनतालाई अधिकार सम्पन्न बनाउन माओवादी केन्द्रको विकल्प नरहेको बताएका...
जलेश्वर, मंसिर १४ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले मधेश र त्यहाँका जनतालाई अधिकार सम्पन्न बनाउन माओवादी केन्द्रको विकल्प नरहेको बताएका छन्।
माओवादी केन्द्र जलेश्वरको प्रथम नगर अधिवेशनलाई आज महोत्तरीको सदरमुकाम जलेश्वरमा सम्बोधन गर्दै उनले वर्षौंदेखि हक अधिकारविहीन रहेका मधेश र त्यहाँका जनतालाई आजसम्म प्राप्त हक अधिकार माओवादी केन्द्रकै देन रहेको जिकिर गरे। साथै उनले मधेशका जनताले चाहेको थप हक अधिकारका लागि पार्टी अझै पनि सङ्घर्षरत रहेकाले आवश्यक सम्पूर्ण अधिकार दिलाएरै छाडिने प्रतिबद्धता समेत प्रकट गरे।
प्रकाशित मिति: १८:२३ बजे, मंगलबार, मंसिर १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












