Kathmandu Press

इन्टरपोलको महासभामा भाग लिई प्रहरी प्रमुख थापा स्वदेश फिर्ता

काठमाडौँ, मंसिर १४ः प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन्। टर्कीको इस्तानबुलमा यही मङ्सिर...
इन्टरपोलको महासभामा भाग लिई प्रहरी प्रमुख थापा स्वदेश फिर्ता

काठमाडौँ, मंसिर १४ः प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन्। 

टर्कीको इस्तानबुलमा यही मङ्सिर ७ देखि ९ गतेसम्म इन्टरपोलको ८९औँ महासभा भएको थियो । उक्त महासभामा सहभागी प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्नकुमार कार्की र प्रहरी उपरीक्षक सबिन प्रधानसमेत स्वदेश फिर्ता भएका हुन्। 

Hardik ivf

उनीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षक निरजबहादुर शाही, प्रहरी नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी अधिकृतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थमा स्वागत गरे । ८९औँ महासभामार्फत दी फेडेरेटेड स्टेट्स अफ माइक्रोनेसियाले १९५औँ सदस्य राष्ट्रका रुपमा नयाँ सदस्यता प्राप्त गरेको छ । इन्टरपोलको ९०औँ महासभा भारतको नयाँ दिल्लीमा आयोजना हुने निर्णय भएको र चालु महासभाले ९१औँ महासभा अस्ट्रियाको राजधानी भियनामा आयोजना गर्ने निर्णय गरेको छ। 

महासभाले इन्टरपोल अध्यक्षमा युएईका अहमद नासिर अल रैसी  अफ्रिका महादेशका लागि उपाध्यक्षमा नाइजेरियाका गार्बा बाबा उमर  र अमेरिका महादेशका लागि ब्राजिलका भाल्डेसी उरक्विजा सहित नौजना कार्यकारी सदस्यहरू मनोनयन गरेको छ।

महासभामा सहभागी १९५ इन्टरपोल सदस्य राष्ट्रका प्रमुख तथा प्रतिनिधिले इन्टरपोलको कार्यकारी समितिसम्बन्धी कानुनी व्यवस्था, इन्टरपोलको रणनीतिक योजना (२०२२–२०२५) कार्यक्रम तथा बजेट, कार्यनीति तथा रणनीति साझेदारी, बालबालिकाविरुद्धका अपराध, विद्युतीय अपराध, आतङ्कवाद, मानव बेचबिखन जस्ता अपराधलगायत विविध विषयमा छलफल भई महत्वपूर्ण प्रस्तावहरु पारित गरेको छ। 

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले महासभाको दौरानमा भारत, युएई, दक्षिण कोरिया, बङ्गलादेश, टर्कीलगायत मुलुकका प्रहरी प्रमुखसँग छुट्टाछुट्टै भेटघाट गरी द्विपक्षीय हित तथा सहयोग आदानप्रदानका विषयमा छलफल गर्नुभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १८:०८ बजे, मंगलबार, मंसिर १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्