Kathmandu Press

मुख्यमन्त्री शाहीद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस

वीरेन्द्रनगर, मंसिर १४ः  कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन्। प्रदेशसभाको आजको बैठकमा उहाँले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन्...
मुख्यमन्त्री शाहीद्वारा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस

वीरेन्द्रनगर, मंसिर १४ः  कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन्। 

प्रदेशसभाको आजको बैठकमा उहाँले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् । उक्त प्रस्तावको मत विभाजन भने बुधबार बस्ने बैठकमा गराइने भएको छ । बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेका सदस्यहरू अनुपस्थित रहेका कारण विश्वासको मतसम्बन्धी थप प्रक्रिया अघि नबढाई बैठक भोलिसम्मका लागि स्थगित गरिएको सभामुख राजबहादुर शाहीले जानकारी दिए।

Hardik ivf

एमालेको १०औँ महाधिवेशन जारी रहेको र प्रदेशसभा सदस्यहरू महाधिवेशनमा सहभागी हुन चितवनमा रहेका कारण पनि मङ्गलबारको बैठक औपचारिकतामा सीमित भएको थियो । बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेपनि प्रमुख प्रतिपक्ष अनुपस्थित भएकाले भोलिसम्मका लागि स्थगित गरिएको जनाइएको छ। 

अधिवेशन सकिएकाले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भोलिको प्रदेशसभा बैठकमा सहभागी हुने जनाएको छ। 

प्रकाशित मिति: १७:५८ बजे, मंगलबार, मंसिर १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्