देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
काठमाडौं, माघ १८ : अनशनरत डा.गोविन्द केसीको जीवनरक्षाको माग गर्दै आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको छ ।
नेपाल चिकित्स....
काठमाडौं, माघ १८ : अनशनरत डा.गोविन्द केसीको जीवनरक्षाको माग गर्दै आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको छ ।
नेपाल चिकित्सक संघको आह्वानमा देशभरका अस्पताल ठप्प पारिएको हो । २४ दिनदेखि अनशनरत डा.केसीको जीवनरक्षाका लागि सरकारले वास्ता नगरेपछि स्वास्थ्य सेवा बन्द गर्नु परेको चिकित्सक संघले जनाएको छ ।
त्रिवि शिक्षण अस्पताललगायत सबै अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प पारिएको हो । सांकेतिक रुपमा एक दिनका लागि सेवा बन्द गरिएको संघले जनाएको छ । सरकारले डा.केसीको जीवनरक्षाका पलह नगरे थप कडा कदम चाल्न बाध्यन हुने संघले जनाएको छ ।
अनशनरत डा.केसीको स्वास्थ्य अवस्था खस्किदै गएको छ । उनको मुटुको चाल उतारचडाव भइरहेको छ । स्वास्थ्य कमजोर भएको छ भने बोल्न नसक्ने अवस्थामा पुगेका छन् ।
सरकारले भने उनको अनशनको वेवास्ता गरेको छ । यसअघि उनीसँग भएको सहमति विपरित दुवै सदनबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेको छ ।






