‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड र एनआरटीले अङ्क बाँडे
काठमाडौं, मंसिर १३ : शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम (एनआरटी) ले बराबरी खेल्दै अङ्क बाँडेका छन्...
काठमाडौं, मंसिर १३ : शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम (एनआरटी) ले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा ब्रिगेड र एनआरटीले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको हो । खेलमा दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा खेल बराबरीमा सकिएको हो । यो सँगै ब्रिगेडले दुई खेलमा ४ अङ्क जोडेको छ ।
पहिलो खेलमा ब्रिगेडले विभागीय टिम एपिएफलाई ३–२ गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै, एनआरटीको यो पहिलो एक अङ्क हो । पहिलो खेलमा एनआरटी साबिक विजेता मच्छिन्द्र एफसीसँग २–१ गोल अन्तरले पराजित भएको थियो ।
खेलमा ब्रिगेडका शिशिर लेखी ‘म्यान अफ दी म्याच’ घोषित भए ।
प्रकाशित मिति: १८:३१ बजे, सोमबार, मंसिर १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











