Kathmandu Press

काँग्रेस वडा अधिवेशनमा झडप, प्रहरी निरीक्षकको हात भाँचियो

काठमाडौं, मंसीर १३ः सर्लाही जिल्लामा कांग्रेसको वडा अधिवेशनको क्रममा झडप भएको छ। जिल्लाको बलरा नगरपालिका–८ को गडहैयामा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप भएको...
काँग्रेस वडा अधिवेशनमा झडप, प्रहरी निरीक्षकको हात भाँचियो

काठमाडौं, मंसीर १३ः सर्लाही जिल्लामा कांग्रेसको वडा अधिवेशनको क्रममा झडप भएको छ। जिल्लाको बलरा नगरपालिका–८ को गडहैयामा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप भएको हो। 

झडपमा मतदान अधिकृतसहित ५ जना घाइते भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले जानकारी दिएका छन्। सर्लाहीको निर्वाचन क्षेत्र ४ स्थित बलरा नगरपालिका वडा नम्बर ८ वडा अधिवेशन गराउन पुगेका मतदान अधिकृत उमेशचन्द्र झामाथि आक्रमण भएपछि प्रहरीसँग झडप भएको थियो । 

Hardik ivf

काठमाडौं प्रेससँगको कुराकानीमा प्रमुख जिल्ला अधिकारी खतिवडाले झडपमा परेर मतदान अधिकृत सहित ३ जना प्रहरी र एक जना सर्वसाधारण घाइते भएको उनले बताए । निर्वाचन अधिकृतको टाउकोमा चोट लागेको छ  भने एक जना प्रहरी निरीक्षकको हातै भाँचिएको उनले बताए ।  

सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह पक्षधरले मतदान अधिकृतमाथि हातपात गर्नै लाग्दा प्रहरीले उनको सुरक्षाका लागि मलंगवा लैजाने क्रममा प्रहरीसँग झडप भएको हो। यस अघि सोही क्षेत्रमा आइतबार साँझ वडा अधिवेशनकै क्रममा प्रदेश २ का महिला बालबालिका तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहका पिएसओले हवाई फायर गरेका थिए ।

प्रकाशित मिति: १७:२३ बजे, सोमबार, मंसिर १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्