Kathmandu Press

उल्भ्स युरोपा लिग छनोट नजिक

काठमाडौं, भदौ ६ : इंग्लिश क्लब उल्भ्स युरोपा लिग छनोटको नजिक पुगेको छ।

गएराति भएको प्लेअफको पहिलो लेगमा इटालियन क्लब टोरिनोलाई ३–....

उल्भ्स युरोपा लिग छनोट नजिक

काठमाडौं, भदौ ६ : इंग्लिश क्लब उल्भ्स युरोपा लिग छनोटको नजिक पुगेको छ।

गएराति भएको प्लेअफको पहिलो लेगमा इटालियन क्लब टोरिनोलाई ३–२ गोल अन्तरले हराउँदै उल्भ्स युरोपा लिग छनोट नजिक पुगेको हो।

खेलको ४३ औं मिनेटमा आत्मघाती गोलबाट उल्भ्सले अग्रता लिएको थियो। टोरोन्टोका सिल्भा नासिमेन्टोको आत्मघाती गोल गरेपछि उल्भ्सले सुरुवाती अग्रता लिएको हो। 

डियोगो जोटाले ५९ औं  मिनेटमा गोल गरेपछि उल्भ्स २–० को अग्रता बनाउन सफल भएको थियो। तर, ६१ औं मिनेटमा लोरेन्जो डी सिल्वेस्ट्रीले गोल गर्दै घरेलु टोली टोरिनोलाई खेलमा फर्काउने प्रयास गरे। 

खेलको ७२ औं  मिनेटमा राउल जिमेनेजले गोल गरेपछि उल्भ्स फेरि ३–१ को अग्रता लिन सफल भएको थियो। खेल सकिन एक मिनेट बाँकी छँदा टोरोन्टोका लागि एन्ड्रिया बेलोटीले पेनाल्टीमार्फत गोल गरेपनि हार भने टार्न सकेनन्।

प्लेअफको दोस्रो लेगको खेल उल्भ्सको घरेलु मैदानमा अगष्ट २९ तारिखमा हुनेछ। विजेता टोली युरोपा लिगमा छनोट हुनेछ।  दोस्रो खेल पनि जित्न सफल भए उल्भ्स १९८०–८१ पछि पहिलो पटक युरोपियन च्याम्पियनका लागि छनोट हुनेछ।
 

प्रकाशित मिति: ०७:३४ बजे, शुक्रबार, भदौ ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्