Kathmandu Press

आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई सञ्चार उपकरण प्रदान

काठमाडौँ, मंसिर १३ः गृह मन्त्रालयअन्र्तगतको आपत्कालीन कार्य सञ्चालन केन्द्र सुदृढीकरणका लागि विभिन्न सञ्चार उपकरण उपलब्ध गराइएको छ । एशियाली विपद् पूर्वतयारी केन्द्र (एडिपिसी)को कोभिड–१९...
आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई सञ्चार उपकरण प्रदान
Hardik ivf

काठमाडौँ, मंसिर १३ः गृह मन्त्रालयअन्र्तगतको आपत्कालीन कार्य सञ्चालन केन्द्र सुदृढीकरणका लागि विभिन्न सञ्चार उपकरण उपलब्ध गराइएको छ ।

 एशियाली विपद् पूर्वतयारी केन्द्र (एडिपिसी)को कोभिड–१९ परियोजनाअन्तर्गत राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्र (एनडिआरसी) मार्फत रु १८ लाख ८६ हजार ४२२ मूल्यका ती सामान हस्तान्तरण गरिएको हो । 
    
आज यहाँ आयोजित कार्यक्रममा विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख  हुमकला पाण्डेलाई एडिपिसीका राष्ट्रिय प्रतिनिधि मानबहादुर थापाले ती सामग्री हस्तान्तरण गरे । सहसचिव पाण्डेले यस केन्द्रको क्षमता अभिवृद्धिका लागि विभिन्न उपकरण उपलब्ध गराइएकामा आभार व्यक्त गर्दै यसबाट दैनिक कार्य सञ्चालनमा सहज हुने बताए। 
    
एडिपिसीका राष्ट्रिय प्रतिनिधि थापाले सरकारसँग नजिक रहेर विपद् व्यवस्थापनका कार्य गर्ने लक्ष्यअनुसार नै उक्त केन्द्रको क्षमता वृद्धिका लागि केही सञ्चार उपकरण प्रदान गरिएको बताउँदै आगामी दिनमा पनि यस किसिमको सहयोग जारी रहने बताए। 

एनडिआरसीका कार्यकारी निर्देशक श्यामसुन्दर ज्ञवालीले एपिपी कोभिड–१९ परियोजनाअन्तर्गत सञ्चालन गरिएका कार्यक्रमबारे जानकारी दिँदै उक्त केन्द्रको कार्यक्षमता बढाउन आज उपलब्ध गराइएका सञ्चार सामग्रीले सहयोग पुग्ने बताए। 

प्रकाशित मिति: १४:१९ बजे, सोमबार, मंसिर १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्