Kathmandu Press

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बारे अध्ययन गर्दै स्वास्थ्य मन्त्रालय 

कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बारे अध्ययन गर्दै स्वास्थ्य मन्त्रालय 

काठमाडौँ, मंसिर १३ः कोरोना भाइरसको नयाँ रुप (भेरियन्ट) ओमिक्रोन देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन थालिएको छ । दक्षिण अफ्रिकामा देखिएको ओमिक्रोन भाइरस नेपालमा पनि फैलन सक्ने आँकलन गरिएपछि सतर्कता अपनाउन थालिएको हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले नेपालमा अहिलेसम्म कोरोना भाइरसको नयाँ रुप ओमिक्रोन देखापरेको पुष्टि नभएको बताए । उनले नेपालमा अहिलेसम्म नदेखिए पनि फैलने भने सम्भावना रहेको जानकारी दिए । ‘नेपालमा पनि उक्त भाइरस फैलिने सम्भावना उच्च रहेको छ’, सहप्रवक्ता डा अधिकारीले भने, ‘तर हामी फैलिन नदिनका लागि तयारी अवस्थामा रहेका छौँ।’

Hardik ivf

उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतसँग सिमाना जोडिएका नाकामा रहेका सहायता कक्षले विदेशबाट आउने व्यक्तिमा ओमिक्रोन भाइरसको सङ्क्रमण छ वा छैन भनेर निगरानीलाई तीव्र पारेको छ ।

यस्तै विदेशबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने गरिएको र ती व्यक्तिमा कस्तो लक्षण देखिएको छ, सोको पनि निगरानी गरिएको मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले जानकारी दिए । ओमिक्रोन भाइरस नयाँ भएकाले यो कति द्रुतगतिमा फैलिन सक्दछ र यसले कस्तो असर पार्दछ भनेर अध्ययन हुन बाँकीे छ । 

प्रकाशित मिति: १४:१६ बजे, सोमबार, मंसिर १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्