Kathmandu Press

स्वस्थ लञ्च टाइमका पाँच उपाय

आफैं लञ्च बनाउने

सस्तो हुन्छ र लञ्चमा के छ तपाईंलाई थाहा हुन्छ। ब्रिटिश डायटेटिक एसोसिएसनकी पोषणविद् गिलियन किल्लिनरले राति बाँकी रहेका खाना....

स्वस्थ लञ्च टाइमका पाँच उपाय

आफैं लञ्च बनाउने

सस्तो हुन्छ र लञ्चमा के छ तपाईंलाई थाहा हुन्छ। ब्रिटिश डायटेटिक एसोसिएसनकी पोषणविद् गिलियन किल्लिनरले राति बाँकी रहेका खानालाई अलि धेरै तरकारी वा सलादसँग मिसाएर स्वादिलो लञ्च तयार गर्न सकिने बताइन्। 

पसलबाट किनिने तयारी र छिटो मिठो खाना अन्तिम विकल्प हुनुपर्नेमा उनको जोड छ। त्यसमा सस्ता वनस्पति तेल लगायतका सामग्री प्रयोग भएको हुनसक्छ। यसले लामो समयसम्म उर्जा दिँदैन। त्यसैले तपाईंको भोक मर्दैन र चित्त पनि बुझ्दैन।

Hardik ivf

काम गर्ने डेस्क वा टेबलमा लञ्च नखाने

कुनै शान्त स्थानमा खाना खानुहोस्। सम्भव भए कार्यालयबाहिर जानुहोस्। आफ्नै डेस्क वा टेबलमा खाँदा, खानाभन्दा काममा धेरै ध्यान जानसक्छ। यसले तौल बढ्छ। “पेटदेखि मष्तिस्कसम्म पुग्ने रिसेप्टरले पूर्ण रूपमा काम गर्दैन र अघाएको अनुभव हुँदैन। पहिले नै खाइसके पनि अझै खाने चाहना हुन्छ,” किल्लिनरले बताइन्।
कुप्रो बसेर, ध्यान नदिई र राम्रो नचपाइ खानाले पेटसम्बन्धी समस्याहरू हुनसक्छन्।

व्यायाम

यात्रा गर्न, लुगा फेर्न, व्यायाम गर्न, नुहाउन, खान र फर्केर आफ्नै डेस्कमा आउनलाई एक घण्टा थोरै लाग्नसक्छ तर लञ्च टाइममा व्यायाम गर्न सम्भव छ। पिलाटेस पिटिका संस्थापक तथा प्रशिक्षक होली ग्रान्ट भन्छिन्,“हाइ¬ इन्टेन्सिटी इन्टर्भल ट्रेनिङ छोटो अवधिमा तन्दुरूस्त रहने सबैभन्दा छिटो तरिका हो। यसमा धेरै मेहनत गर्नुपर्छ र २० मिनेटमै व्यायाम सकिन्छ।”

यसका लागि जिम चाहिँदैन। तीस सेकेन्ड तेज दौडिने (स्प्रिन्ट), त्यसपछि ३० सेकेन्ड जग्गिङ वा हिँडेर पनि व्यायाम गर्न सकिन्छ। साइकल र स्वीमिङ पुलमा पनि यस्तो गर्न सकिन्छ। ध्यान दिनुपर्ने कुरा के मात्रै हो हो भने  वार्म अफ र कुल डाउन बिर्सन हुँदैन र व्यायाम गर्नुअघि नभएर गरेपछि खाना खानुपर्छ।

सावधानीका साथ पानी पिउने

थोरै-थोरै मात्रामा पानी खाइरहनु उपयुक्त हुने किल्लिनरले बताइन्। “खाना खाँदा धेरै पानी पिउनाले केहीलाई पेट दुख्ने वा ढुस्स हुने हुन्छ।” खानासँग करिब २५० मिलिलिटर पानी पर्याप्त हुन्छ। किल्लिनर भने खानाअघि ३० मिनेट पहिले आधा लिटर पानी पिउन सल्लाह दिन्छिन्। यसले भोक घटाउन सहयोग गर्छ। खानामा बढी स्वस्थ विकल्प रोज्न पनि यसले सहयोग गर्छ।

खाना खाएपछि सुत्ने बानी हटाऔं

लञ्च खाने बित्तिकै वा केहीबेरमा एकछिन सुत्ने वा चकलेट खाने तलतललाई स्वस्थ्य आहारको विकल्पले हटाउन सकिन्छ। पाउरोटी, पास्ता वा आलुजस्ता धेरै “कार्ब” भएको खानाले शरीर अझै धेरै बोधो हुनसक्छ। त्यसको साटो विभिन्न रंगका तरकारी, ब्राउन राइस, सिफुड, बदामजस्ता परिकार खानुपर्ने किल्लिनरले बताइन्।
 

प्रकाशित मिति: ०७:१९ बजे, शुक्रबार, भदौ ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्