Kathmandu Press

सिम्रिक एयरलाइन्सको उडान प्रतिबन्ध थप लम्बियो

काठमाडौं, भदौ ५ : सिम्रिक एयलाइन्समाथिको उडान प्रतिबन्ध थप लम्बिने भएको छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरणले मागेको विवरण एयरलाइन्स....

सिम्रिक एयरलाइन्सको उडान प्रतिबन्ध थप लम्बियो

काठमाडौं, भदौ ५ : सिम्रिक एयलाइन्समाथिको उडान प्रतिबन्ध थप लम्बिने भएको छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरणले मागेको विवरण एयरलाइन्सले बुझाउन नसकेपछि प्रतिबन्ध थप लम्बिने भएको हो। हवाइ क्षेत्रको नियमक निकाय प्राधिकणले मंगलबार स्पोयर्स पार्ट्समा खेलवाड गरेको भन्दै सबै जहाज ग्राउन्डेड गरिदिएको थियो। प्राधिकरणले थप कागजपत्र माग गर्ने निर्णय भएको प्राधिकरणले जनाएको छ। 

प्राधिकरणको हवाइ सुरक्षा विभागलाई एयरलाइन्सले बिहीबार बुझाएको डकुमेन्ट सन्तोषजनक नभएको भन्दै थप विवरण माग गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले बुधबार नै विवरण बुझाउने भनेपनि सिम्रिकले बिहीबार मात्रै बुझाएको थियो। 

जहाजको पार्टपूर्जामा सिम्रिक एयरलाइन्सले खेलाची गरेको पाइएपछि तत्कालका लागि उडान रोक्का गर्न निर्देशन दिएको थियो।  सिम्रिकले हाल १९ सिट क्षमतायुक्त ‘बिचक्राफ्ट १९०० सी’ सिरिजका दुई जहाजमार्फत काठमाडौंबाट पोखरा, भरतपुर र माउन्टेन उडान गर्दै आएको छ। 

एयरलाइन्ससँग पाँच वटा जहाज भएपनि हाल दुई वटा जहाज मात्रै उडानयोग्य रहेका छन्। 
 

प्रकाशित मिति: १९:२५ बजे, बिहीबार, भदौ ५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्