Kathmandu Press

चेल्सी र युनाइटेडले खेले बराबरी

इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा चेल्सी र म्यानचेष्टर युनाइटेडले बराबरी खेल्दै अंक बाँडेका छन्। चेल्सीको मैदानमा स्टामफोर्ड ब्रिजमा भएको खेलमा दुवै...
चेल्सी र युनाइटेडले खेले बराबरी

काठमाडाैं, मंसिर १३ : इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा चेल्सी र म्यानचेष्टर युनाइटेडले बराबरी खेल्दै अंक बाँडेका छन्। चेल्सीको मैदानमा स्टामफोर्ड ब्रिजमा भएको खेलमा दुवै टिमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।

खेलको पहिलो हाफमा चेल्सी हाबी भयो, तर गोल भने हुन सकेन । तर, ५०औं मिनेटमा जाडोन सान्चोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए। तर, ६९औं मिनेटमा युनाइटेडका आरोन वान बिसाकाले चेल्सीका थिएगो सिल्भालाई फाउल गरेपछि चेल्सीले पेनाल्टी पायो । त्यसमा जर्गिन्होले त्यसमा सहजै गोल गर्दै खेललाई बराबरीमा ल्याए।

बराबरीपछि १३ खेलबाट ३० अंक जोडेर चेल्सी शीर्ष स्थानमै छ । तर चेल्सीले म्यानचेष्टर सिटीसँग अंकदूरी बढाउने मौका भने गुमायो । सिटी एक अंक मात्र पछि छ । युनाइटेड १३ खेलबाट १८ अंकसहित आठौं स्थानमा छ।

यस्तै, अर्को खेलमा म्यान्चेस्टर सिटीले वेष्टहमलाई २–१ ले हराएको छ । सोमबार घरेलु मैदान एतिहाडमा भएको खेलमा सिटीका लागि एल्के गुन्डागोन र फर्नान्डिन्होले गोल गरे । वेष्टहमका मानुएल लान्जिनीले इन्जुरी टाइममा एक गोल फर्काए।

प्रकाशित मिति: ०९:५२ बजे, सोमबार, मंसिर १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्