Kathmandu Press

खाद्यका लागि कृषि अभियान सञ्चालन

सुर्खेत, मंसिर १३ : कर्णाली तथा मुलुकको खाद्य तथा कृषिमा अध्ययन गर्दै आएका कृषि विज्ञले ‘खाद्यका लागि कृषि अभियान’ नीतिगत पैरवी सुरुआत गरेका...
खाद्यका लागि कृषि अभियान सञ्चालन

सुर्खेत, मंसिर १३ : कर्णाली तथा मुलुकको खाद्य तथा कृषिमा अध्ययन गर्दै आएका कृषि विज्ञले ‘खाद्यका लागि कृषि अभियान’ नीतिगत पैरवी सुरुआत गरेका छन्।

इन्भारामेन्टल रिसोसिज इन्स्टिच्युटको सहयोगमा आइतबार वीरेन्द्रनगर सुर्खेतमा कर्णालीका सञ्चारकर्मीसँगको छलफलमा सहभागीले कृषि अभियान नीतिगत पैरवीको सशक्त अभ्यास भएको बताएका छन्। छलफलमा कृषि विज्ञ डा कृष्णप्रसाद पौडेलले ५०० वर्षदेखि मानव जातिले कृषिमा बाटो बिराउँदै आएको बताए।

Hardik ivf

आत्मसम्मानका लागि सहकार्य (क्याड नेपाल) जुम्लाका कार्यकारी निर्देशक तथा कृषि अभियान्ता धनबहादुर गौतमले विगत १० वर्षदेखि कृषिमा आत्मनिर्भर, रैथानेबालीको संरक्षण, प्रवद्र्धन र प्राङ्गारिक कृषिमा जोड कसरी दिन सकिन्छ भन्ने मामलामा सरकारलाई नीतिगत तहमा सहयोग पु¥याउँदै आएको जानकारी दिए। उनले हुम्ला, डोल्पाजस्ता जिल्लामा करोडौँको चामल ढुवानीमा सरकारले पैसा फाल्ने भन्दा त्यहाँका नागरिकको उत्पादनका क्षेत्रमा लगानी गर्नुपर्ने सुझाव दिए।

इन्भारामेन्टल रिसोसिज इन्स्टिच्युटका प्रतिनिधि सुजाता तामाङले अभियानले खाद्य तथा कृषिका क्षेत्रमा काठमाडौँ र कर्णाली जोड्न कार्यमूलक अनुसन्धान, खेतीपातीका र खानाका लागि बहस, जनअदालतको काम गरिरहेको बताइन्। त्यस्तै कृषिमा आएका समस्या, चुनौती र सम्भावनाका मुद्दालाई पनि आफूहरुले उठान गर्दै आएको उनको भनाइ थियो। (रासस)

प्रकाशित मिति: ०८:१९ बजे, सोमबार, मंसिर १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्