Kathmandu Press

हुन्डाइको बहुप्रतिक्षित ‘भेन्यू’ नेपाली बजारमा, यस्ता छन् विशेषता 

काठमाडौं, भदौ ५ :  हुन्डाइले बहुप्रतिक्षित ‘भेन्यू’ गाडी नेपाल भित्र्याएको छ। हुन्डाइ गाडीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष....

हुन्डाइको बहुप्रतिक्षित ‘भेन्यू’ नेपाली बजारमा, यस्ता छन् विशेषता 

काठमाडौं, भदौ ५ :  हुन्डाइले बहुप्रतिक्षित ‘भेन्यू’ गाडी नेपाल भित्र्याएको छ। हुन्डाइ गाडीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालिले भेन्यू गाडी बिहीबार नेपालमा सार्वजनिक हो। 

हुन्डाइ भेन्यू तीन फरक–फरक इन्जिनका सिरिजमा नेपालमा पनि सार्वजनकि गरिएको हो। भेन्यूका तीन वटा अप्सन रहेका छन्। कम्पनीले ३४ लाख ९६ हजार  देखि ५५ लाख ९६ हजार रुपैयाँसम्मका फुलअप्सन गाडी सार्वजनिक गरेको हो।  

एक हजार २ सय सीसी इन्जिन क्षमताको पेट्रोल इन्जिनको कप्पा डुअल भिटिभिटी  टेक्नोलोजीको मोडलको गाडी सार्वजनिक गरेको छ। जसको बजार मूल्य ३४ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। सोही इन्जिन क्षमताकै कप्पाको ३७  लाख ९६ हजार रुपैयाँ बजार मूल्य तोकिएको छ।

त्यस्तैगरी, १.० टर्वो पेट्रोल इन्जिनकै कप्पा भिटिभिटी टेक्नोलोजीमा रहेको छ। जसमा पाँच वटा मोडलका गाडीहरु सार्वजनिक गरिएको छ। जसको मूल्य ४१ लाख ९६ हजार देखि ५५ लाख ९६ हजार रुपैयाँसम्म मूल्य रहेको छ। 

यस्तै, १.४ लिटरको डिजेल इन्जिनको सिक्स एमटी मोडलको गाडीको मूल्य ४२ लाख ५६ हजारदेखि ४८ लाख ५६ हजार रुपैयाँ तोकिएको छ। 

गाडीमा रियोस्टयाट, एड्भान्स सुपरभिजन क्लसटर, ड्राइभर रेर भ्यू मिरर, भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट प्रमुख विशेषता रहेको छ। इलेक्ट्रिोनिक स्टेबिलटी कन्ट्रोल गाडीका नयाँ बिशेषता हुन्। 

गाडीमा वायरलेस फोन चार्जर, क्रुज कन्ट्रोल, टेलेमेटिक्ससहित २०.३२ सेन्टिमिटरको एचडी डिस्प्ले समेत गाडीमा रहेको छ। एअर प्यूरिफायर तथा रिएर एसिभेन्ट रहेको छ। 

गाडीले प्रतिलिटर तेलमा १७.५२ किलोमिटरदेखि २३.७ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ। पाँच सिट क्षमता भएको गाडीमा ट्रान्समिसन मेनुअल र अटोमेटिक दुबै रहेको छ। 
 

प्रकाशित मिति: १७:०६ बजे, बिहीबार, भदौ ५, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्