पार्टीलाई विधिसम्मत ढङ्गले सञ्चालन गर्नुपर्छ : नेता सिंह
काठमाडाैं, मंसिर १२ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसलाई बलिायो बनाउन पार्टीलाई विधिसम्मत ढङ्गले सञ्चालन गर्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौँको...
काठमाडाैं, मंसिर १२ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसलाई बलिायो बनाउन पार्टीलाई विधिसम्मत ढङ्गले सञ्चालन गर्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौँको १४औँ अधिवेशनको आज उद्घाटन गर्दै उनले कांग्रेस बलियो भएमात्र लोकतन्त्र बलियो हुने उल्लेख गरे।
विधान, नीति, नियमलाई सँगै लिएर पार्टी सञ्चालन गर्नका लागि नेतृत्व परिवर्तन हुन जरुरी रहेको नेता सिंहले बताए। संविधान निर्माणको नेतृत्व गरेको दलले निर्वाचनमा भोट माग्न जाँदा पराजित हुनु दुःखद् क्षण भएको उनको भनाइ थियो।
कांग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टीको १४औँ महाधिवेशनले नयाँ नेतृत्वलाई अगाडि बढाउनुपर्ने बताए। कांग्रेसलाई बलियो बनाए संविधान र लोकतन्त्र बलियो हुने उनको भनाइ थियो। कांग्रेस काठमाडौँका सभापति कृष्ण (सबुज) बानियाँले आफ्नो पाँच वर्षे कार्यकाल सम्पन्न गर्न कांग्रेस काठमाडौँका नेता तथा कार्यकर्ताको महत्वपूर्ण साथ सहयोग रहेको भन्दै सबैलाई धन्यवाद दिए।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य किरण गिरी, सांसद भीमसेनदास प्रधान, राजेन्द्रकुमार केसीलगायतको सहभागिता थियो।












