तीन मोटरसाइकल आपसमा ठोक्किँदा कपिलवस्तुमा एकजनाको मृत्यु
कपिलवस्तु, मंसिर १२ : तीन मोटरसाइकल आपसमा ठोक्किँदा कपिलवस्तुमा एकजनाको मृत्यु भएको छ।मृत्यु हुनेमा विजयनगर–६ खजहानी डिहवा बस्ने अन्दाजी २५ वर्षीय वंशीलाल चौहान रहेको...
कपिलवस्तु, मंसिर १२ : तीन मोटरसाइकल आपसमा ठोक्किँदा कपिलवस्तुमा एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा विजयनगर–६ खजहानी डिहवा बस्ने अन्दाजी २५ वर्षीय वंशीलाल चौहान रहेको प्रहरीले जनाएको छ।
विजयनगर–६ फरेनी चोकमा ३ मोटरसाइकल आपसमा ठोकिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
त्यसत्रmममा घाइते भएका दुईजनाको चन्द्रौटास्थित सञ्जिवनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा परेका लु१३प ३०९८ र लु३४प ७०५४ को मोटरसाइकल प्रहरीले नियन्त्रण लिएको छ भने मोटरसाइकल लिएर फरार अर्का एकजनाको खोजी भइरहेको छ।
प्रकाशित मिति: १८:०१ बजे, आइतबार, मंसिर १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












