Kathmandu Press

करेन्ट लागेर बुटवलमा विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

करेन्ट लागेर बुटवलमा विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

बुटवल, मंसिर १२ : बुटवलमा करेन्ट लागेर  विद्युत प्राधिकरणका एक कर्मचारीको मृत्यु भएको छ।

बुटवल उपमहानगरपालिकाको निर्माणाधीन भवनमा विद्युत पोलबाट लाइन तान्ने क्रममा करेन्ट लाग्दा अर्घाखाँची घर भएका ४३ वर्षीय प्राधिकरण कर्मचारी वसन्त भुसालको मृत्यु भएको हो। करेन्ट लागेर घाइते भएका भुसालको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। 

Hardik ivf

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार त्यसक्रममा दुईजना घाइते भएका छन्। घाइते हुनेमा दैनिक ज्यालादारीमा काम गर्ने रुपन्देही सम्मरीमाई गाउँपालिकाका २८ वर्षीय जितेन्द्र लोध र बर्दिया राजापुर नगरपालिका–१६ का २८ वर्षीय राजगोपाल चौधरी छन्।

घाइते दुवैको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १७:५३ बजे, आइतबार, मंसिर १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्