Kathmandu Press

सर्लाहीमा दुई सन्तानसहित मृत अवस्थामा भेटिइन् २६ वर्षीया कविता

काठमाडौँ, मंसिर १२ः सर्लाहीमा एक महिला आफ्नै घरभित्र मृत फेला परेकी छन्। जिल्लाको बरहथवा नगरपालिका–१ हजरिया निवासी २६ वर्षीया कविता हजारी आफ्ना ६...
सर्लाहीमा दुई सन्तानसहित मृत अवस्थामा भेटिइन् २६ वर्षीया कविता

काठमाडौँ, मंसिर १२ः सर्लाहीमा एक महिला आफ्नै घरभित्र मृत फेला परेकी छन्। जिल्लाको बरहथवा नगरपालिका–१ हजरिया निवासी २६ वर्षीया कविता हजारी आफ्ना ६ वर्षीया छोरी र ४ वर्षीय छोरासहित मृत फेला परेकी हुन् । 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार कविता घर भित्रै झुण्डिएको अवस्थामा फेला परेकी हुन् भने उनका दुई सन्तान भने भुँईमा मृत अवस्थामा फेला परेका हुन्। 

कविताका श्रीमान् भने ४ वर्षदेखि वैदेशिक रोजगारमा रहेको प्रहरीले जनाएको छ। मृत भेटिएका तीनै जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मलंगव लगिएको छ। 

घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 

 

प्रकाशित मिति: १४:४३ बजे, आइतबार, मंसिर १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्