Kathmandu Press

टेकुस्थित वाग्मती खाेलामा गाडिएकाे अवस्थामा भेटियाे महिलाको शव

काठमाडौं, मंसिर १२ : काठमाडौंको टेकुस्थित सुकुम्बासी बस्तीनजिकै महिलाको शव भेटिएको छ।वाग्मती नदीमा गाडिएको अवस्थामा शव भेटिएको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ।त्यो...
टेकुस्थित वाग्मती खाेलामा गाडिएकाे अवस्थामा भेटियाे महिलाको शव

काठमाडौं, मंसिर १२ : काठमाडौंको टेकुस्थित सुकुम्बासी बस्तीनजिकै महिलाको शव भेटिएको छ।

वाग्मती नदीमा गाडिएको अवस्थामा शव भेटिएको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ।

त्यो शव करिब ४० वर्षीया महिलाको हुन सक्ने बताइएको छ। शवको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।

शवको पहिचानका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ। 

प्रकाशित मिति: १३:४१ बजे, आइतबार, मंसिर १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्