Kathmandu Press

माओवादीको पालिका अधिवेशनः ताप्लेजुङका ८ स्थानीय तहमा नयाँ नेतृत्व 

फुङ्लिङ, मंसिर १२ः  ताप्लेजुङमा ९ स्थानीय तहमध्ये माओवादी केन्द्र पार्टीले आठ स्थानीय तहमा अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ । शनिबार अधिवेशन सुरु...
माओवादीको पालिका अधिवेशनः ताप्लेजुङका ८ स्थानीय तहमा नयाँ नेतृत्व 
Hardik ivf

फुङ्लिङ, मंसिर १२ः  ताप्लेजुङमा ९ स्थानीय तहमध्ये माओवादी केन्द्र पार्टीले आठ स्थानीय तहमा अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरेको छ । शनिबार अधिवेशन सुरु भएको आजसम्ममा आठ स्थानीय तहमा सहमतिमार्फत नयाँ नेतृत्व चयन गरेको हो ।
 
ताप्लेजुङमा मिक्वाखोला गाउँपालिकाको अधिवेशन भने सोमबार अधिवेशन गर्ने तयारी रहेको नेकपा (माओवादी केन्द्र) ताप्लेजुङका संयोजक विजयप्रकाश वनेमले बताए । उनका अनुसार फुङ्लिङ नगरपालिका समन्वय कमिटीको अध्यक्षमा गङ्गाराम शङ्कर चयन भएका छन्। 

यस्तै फक्ताङ्लुङ गाउँपालिकामा मुक्ति लावुङ, मेरिङ्देन गाउँपालिकामा सुजन सामेखाम, आठराई त्रिवेणी गाउँपालिकामा घननाथ गौतम (घनु), सिदिङ्वामा अमर इदिङ्गो, मैवाखोलामा आलोक शेर्पा, पाथीभरा याङ्वरकमा दिलीप पौडेल र सिरिजङ्गामा चित्र मावो अध्यक्ष रहेको कमिटी बनेको छ । 

भोलिसम्म  मिक्वाखोलाको अधिवेशन सकिएसँगै माओवादी केन्द्रले ताप्लेजुङका सबै स्थानीय तहमा पालिका समन्वय कमिटीमा नयाँ नेतृत्व चयन गरिसक्ने नेकपा माओवादी केन्द्र ताप्लेजुङले जनाएको छ ।
 

प्रकाशित मिति: १२:४६ बजे, आइतबार, मंसिर १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्