सरकारले कर्मचारी प्रशासनलाई अस्थिर र कमजोर बनायो : सांसद अधिकारी
काठमाडौं, भदौ ५ : राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले स्थायी सरकारको रुपमा रहेको कर्मचारी प्रशासनलाई सरकारले अस्थिर र कमजोर बनाएको आरोप लगाएका....

काठमाडौं, भदौ ५ : राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले स्थायी सरकारको रुपमा रहेको कर्मचारी प्रशासनलाई सरकारले अस्थिर र कमजोर बनाएको आरोप लगाएका छन्।
राष्ट्रियसभाको बिहीबारको बैठकमा बोल्दै सांसद अधिकारीले केही समयअघि मात्रै प्रधानमन्त्रीले मन्त्रीहरुसँग, मन्त्रीहरुले सचिवहरुसँग कार्यसम्पादन सम्झौता गरेको स्मरण गराउँदै सम्झौताको एक महिना नपुग्दै १६ जना सचिवहरुको सरुवा गरिएको कारण सरकारले जानकारी दिनु पर्ने बताए।
उनले भने,‘एक वर्षमा गर्नुपर्ने काम ती सचिवले एक महिनामा नै सम्पन्न गरेका हुन्? वा तीनले एक महिनाभित्रै आफू असक्षम भएको प्रमाणित गरे। वा सम्बन्धीत मन्त्रीको रोजाइमा ती परेनन् वा कार्यसम्पादन सम्झौता आफैमा एउटा मजाक थियो?’
बैठकमा राष्ट्रियसभा सदस्य विन्दादेवी आले रानाले राजनीतिक आस्था र पहुँचका आधारमा कर्मचारी सरुवा गर्ने काम बन्द गर्न सरकारको ध्यानाकर्षण गराएकी थिइन्।











-1784808429.png)