Kathmandu Press

माओवादी पालिका अधिवेशनः मादीमा सर्वसम्मत नेतृत्व

कास्की, मंसिर १२ः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले शनिबार कास्कीका पाँचवटै स्थानीय तहमा पार्टीको अधिवेशन सम्पन्न गरे पनि अधिकांश पालिकामा नेतृत्व चयन गर्न...
माओवादी पालिका अधिवेशनः मादीमा सर्वसम्मत नेतृत्व

कास्की, मंसिर १२ः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले शनिबार कास्कीका पाँचवटै स्थानीय तहमा पार्टीको अधिवेशन सम्पन्न गरे पनि अधिकांश पालिकामा नेतृत्व चयन गर्न सकेन ।

पोखरा महानगरपालिका र मादी, रुपा, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकामा अधिवशेन गरिए पनि मादीमा बाहेक अन्य पालिकामा नेतृत्वका आकाङ्क्षीका बीचमा सहमति नजुट्दा नेतृत्व चयन हुन नसकेको हो। 

Hardik ivf

मादी गाउँपालिकाको दोस्रो अधिवेशनबाट तोरण गुरुङको अध्यक्षतामा सर्वसम्मत पालिका कमिटी चयन गरिएको माओवादी केन्द्रले जनाएको छ । कमिटीको उपाध्यक्षहरूमा नन्दश्री गुरुङ, रुद्र रानाभाट र एङ्गेल्स कार्की रहनुभएको छ।

सचिवमा बेलबहादुर विश्वकर्मा, सहसचिव सन्तोष अधिकारी र कोषाध्यक्ष कल्याणी अधिकारी रहनुभएको ५० सदस्सीय कमिटी निर्वाचित गरिएको जिल्ला सचिवालय सदस्य लालबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार कमिटीका पाँच सदस्य पछि थप गरिनेछ।

माछापुच्छे, रुपा र अन्नपूर्ण गाउँपालिकामा पालिका कमिटीमा रहनेको नाम टुङ्गो लागे पनि पदाधिकारीमा सहमति बन्न सकेको छैन। पोखरा महानगर कमिटीको अधिवेशन पार्टीका विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठले शुभारम्भ गरेका थिए।

बाँकी रहेका अन्य चार पालिकामा पनि एक÷दुई दिनमा नयाँ नेतृत्व चयन गरिने पार्टीका जिल्ला संयोजक बखानसिंह गुरुङले जानकारी दिए । चार पालिकामा माओवादीको नेतृत्व लिने आकाङ्क्षीका बीचमा राति अबेरसम्म पनि सहमति नबनेपछि थप छलफलका लागि समय अपुग भएको जनाउँदै माओवादीले शनिबार अधिवेशन स्थगन गरेको थियो।

पार्टीका जिल्ला संयोजक गुरुङका अनुुसार सकभर सर्वसम्मत नेतृत्व चयन गरिने र सम्भव नभए स्वस्थ निर्वाचन प्रक्रियाका माध्यमबाट नेतृत्व टुङ्गो लगाउने योजना बनाएको छ। माओवादी केन्द्रले पहिलोपटक देशभर एकैदिन पालिका अधिवेशन गरेको हो । राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादीले यसअघि वडा अधिवेशन सम्पन्न गरिसकेको छ।

प्रकाशित मिति: ०९:४५ बजे, आइतबार, मंसिर १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्