पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी
काठमाडौं, भदौ ५ : कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिइएको छ।
प्रधानमन्त्री के....

काठमाडौं, भदौ ५ : कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई दिइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर प्रस्थान गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेकी हुन्।
राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री पोखरेलले सम्हाल्ने गरी जिम्मेवारी तोकेको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित मिति: १५:२९ बजे, बिहीबार, भदौ ५, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1784808429.png)