Kathmandu Press

माथिल्लो साञ्जेन जलविद्युत् आयोजना अन्तिम चरणमा

रसुवा, मंसिर १२ : निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ।आगामी सात महिनाभित्र आयोजनाबाट १४.८ मेगावाट विद्युत् उत्पादन हुनेछ। नेपाल विद्युत्...
माथिल्लो साञ्जेन जलविद्युत् आयोजना अन्तिम चरणमा

रसुवा, मंसिर १२ : निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजना अन्तिम चरणमा पुगेको छ।

आगामी सात महिनाभित्र आयोजनाबाट १४.८ मेगावाट विद्युत् उत्पादन हुनेछ। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनाको स्थलगत निरीक्षण गरेका छन्।

Hardik ivf

बाढी, पहिरो, भूकम्प, कोभिड सङ्क्रमणको असर एवं ठेकेदार कम्पनीको शिथिलताजस्ता विविध कारणले आयोजना निर्माणमा ढिलाइ भएको जनाइएको छ। कार्यकारी निर्देशक घिसिङले आयोजनाको सुरूङलगायत अधिकांश संरचना निर्माण सम्पन्न भइसकेको र पछिल्लो समय विद्युत्गृहमा उपकरण जडान गर्ने काम भइरहेको जानकारी दिए।

उनले ४२.५ मेगावाटको तल्लो साञ्जेन एवं टिमुरेमा निर्माण भइरहेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको पनि निरीक्षण गरेका छन्। दुवै आयोजनाले भने एक वर्षभित्र विद्युत उत्पादन गर्ने जनाइएको छ।

माथिल्लो तथा तल्लो साञ्जेन अर्धभूमिगत एवं रसुवागढी पूरै भूमिगत मोडेलको डिजाइनबाट सन् २०१३ बाट निर्माण सुरू भएका हुन्।

चिलिमे जलविद्युत् कम्पनीको १० प्रतिशत शेयर जिल्लावासीलाई उपलब्ध गराई खरिद गर्न नसक्नेका लागि बैंकबाट ऋणको समेत व्यवस्था गरिएको थियो।

 

प्रकाशित मिति: ०८:१३ बजे, आइतबार, मंसिर १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्