सरकारले विदेशी कुटनीतिज्ञलाई ब्रिफिङ गर्दै
काठमाडौं, माघ १८ : विदेशी कुटनीतिज्ञलाई सरकारले आज दिउसो ब्रिफिङ गर्न लागेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ....
काठमाडौं, माघ १८ : विदेशी कुटनीतिज्ञलाई सरकारले आज दिउसो ब्रिफिङ गर्न लागेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काठमाडौंस्थित विदेशी नियोगका प्रतिनिधिलाई ब्रिफिङ गर्न लागेको हो । आज दिउसो १२ बजे होटल अन्नपूर्णमा ब्रिफिङ गर्ने कार्यक्रम तय गरिएको छ ।
सरकारले १५ र १६ चैतमा लगानी सम्मेलन गर्दै छ । त्यसको पूर्वसन्ध्यामा विदेशी कुटनीतिज्ञलाई ब्रिफिङ गर्न लागेको हो ।
त्यस्तै, सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा पनि सरकारले विदेशी नियोगका प्रतिनिधिलाई ब्रिफिङ गर्ने भएको हो । यो सँगै परराष्ट्रमन्त्री ज्ञवालीको अमेरिका भ्रमण, भेनेजुयलासम्बन्धी विवाद र संक्रमणकालीन न्यायसम्बन्धी युरोपियन युनियनलगायतका देशका प्रतिनिधिले जारी गरेको प्रेस विज्ञप्ती लगायनका विषयमा स्पष्ट पारिने जनाएको छ ।
यस अघि सरकार गठन भएपछि गत फागुनमा पनि प्रधानमन्त्री ओलीले विदेशी कुटनीतिज्ञलाई ब्रिफिङ गरेका थिए । त्यस्तै, तत्कालीन नेकपा (एमाले)का विदेश विभाग प्रमुख माधव नेपालले चुनावभन्दा अघि पनि विदेशी नियोगका प्रतिनिधिलाई ब्रिफिङ गरेका थिए ।






