Kathmandu Press

सहिदको सपना साकार पार्ने बाटोमा प्रदेश सरकार : मुख्यमन्त्री राउत

सहिदको सपना साकार पार्ने बाटोमा प्रदेश सरकार : मुख्यमन्त्री राउत
Hardik ivf

धनुषा, मंसिर ११ : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले सहिदको सपना साकार पार्ने बाटोमा प्रदेश सरकार अघि बढेको बताएका छन्।

धनुषाको सहिदनगरको हरबाडामा निर्मित सहिद कामेश्वर कुशेश्वर सभागृहको आज उद्घाटन गर्दैै मुख्यमन्त्री राउतले सहिदकै बलिदानीमा सङ्घीयता, धर्मनिरिपेक्षता, समावेशितालगायत परिवर्तन भएकाले त्यसलाई संस्थागत गरेर उनीहरुको सपना साकार पार्ने लक्ष्यका साथ प्रदेश सरकारले काम गरिरहेको उल्लेख गरे। 'सहिदको बलिदानीलाई प्रदेश सरकारले खेर जान दिादैन्,' मुख्यमन्त्री राउतले भने।

प्रदेश सरकारले जनसङ्ख्याका आधारमा आरक्षणको व्यवस्था, छोरीको शिक्षामा पहुँच बढाउन ‘बेटी पढाऊ, बेटी बचाऊ’जस्ता कार्यक्रम सञ्चालन गरेको उनको भनाइ थियो। कार्यक्रममा जसपाका नेता तथा प्रदेशसभा सदस्य रामअशिष यादवले उत्पीडित समुदायको सम्मान र सुरक्षाका लागि आफ्नो पार्टीको स्थापना भएको जिकिर गरे।

प्रकाशित मिति: २०:०१ बजे, शनिबार, मंसिर ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्