Kathmandu Press

भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु

रूपन्देही, मंसिर ११ : सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाको बर्मेली चोकमा ट्रकको ठक्करबाट बाबुछोराको आज मृत्यु भएको छ। ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा स्याङ्जाको चापाकोट नगरपालिका–४...
भैरहवामा ट्रकको ठक्करबाट बाबुछोराको मृत्यु
Hardik ivf

रूपन्देही, मंसिर ११ : सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाको बर्मेली चोकमा ट्रकको ठक्करबाट बाबुछोराको आज मृत्यु भएको छ। ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा स्याङ्जाको चापाकोट नगरपालिका–४ का ५३ वर्षीय गीतानाथ खनालसहित उहाँका १३ वर्षीय छोरा सुदीपको मृत्यु भएको हो।

बुटवलबाट बेलहियातर्फ जाँदै गरेको ना३ख ३८६० नंको ट्रकले खनाल सवार ग११प ५४४४ नंको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए। ट्रकको ठक्करबाट घाइते भएका दुवै जनाको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारका क्रममा दिउँसो १ः३५ बजे मृत्यु भएको हो। ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा छन्।

प्रकाशित मिति: १९:०९ बजे, शनिबार, मंसिर ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्