Kathmandu Press

कांग्रेसको १४औं महाधिवेशन प्रचारप्रसार समितिले पायाे पूर्णता

काठमाडाैं, मंसिर १२ : नेपाली कांग्रेसको १४औं महाधिवेशन प्रचारप्रसार समितिले पूर्णता पाएको छ। कात्तिक २८ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टी प्रवक्ता विश्वप्रकाश...
कांग्रेसको १४औं महाधिवेशन प्रचारप्रसार समितिले पायाे पूर्णता

काठमाडाैं, मंसिर १२ : नेपाली कांग्रेसको १४औं महाधिवेशन प्रचारप्रसार समितिले पूर्णता पाएको छ। कात्तिक २८ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा संयोजकत्वको समिति गठन गर्ने निर्णय गरेको थियो।

झन्डै दुई सातापछि सो समितिले पूर्णता पाएको हो। समितिका सदस्यको जिम्मेवारी जीवन परियार, किरण यादव, किरण गिरी, अभिषेकप्रताप शाह, जनकराज कलौनी र दिलीप राईले पाएका छन्।

मंसिर २७ गते सुरू हुने महाधिवेशनका लागि गठित प्रचारप्रसार समितिमा कांग्रेस सूचना, सञ्‍चार तथा प्रचार विभागका पदाधिकारी एवं सदस्य, भ्रातृ एवं शुभेच्छुक संस्थाका अध्यक्षहरू, नेपाली जनसम्पर्क समितिका अध्यक्ष र संयोजकहरू, नेपाल प्रेस युनियन, केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरू र  नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय अध्यक्ष पनि सदस्यका रूपमा रहेका छन्।

यसैगरी नेपाल प्रेस युनियन केन्द्रीय समितिका सल्लाहकारहरू, नेपाल प्रेस युनियन जिल्ला एवं प्रतिष्ठान शाखाका सभापतिहरू र काठमाडौंस्थित जिल्ला सम्पर्क समितिका सभापतिहरूलाई पनि प्रचार समितिको सदस्यमा राखिएका छन्।

प्रकाशित मिति: १०:४५ बजे, आइतबार, मंसिर १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्