Kathmandu Press

‘अराजकतालाई सच्याउनेगरी नयाँ नेतृत्व आउँछ’

काठमाडाैं, मंसिर ११ : एमाले अध्यक्ष केपी ओलीले महाधिवेशनले नेपालकाे राजनीतिमा देखिएको पथभ्रष्ट, अराजकतालाई सच्याउनेगरी नयाँ नेतृत्व आउने बताएका छन्।पार्टीको १०औं राष्ट्रिय महाधिवेशनको...
‘अराजकतालाई सच्याउनेगरी नयाँ नेतृत्व आउँछ’

काठमाडाैं, मंसिर ११ : एमाले अध्यक्ष केपी ओलीले महाधिवेशनले नेपालकाे राजनीतिमा देखिएको पथभ्रष्ट, अराजकतालाई सच्याउनेगरी नयाँ नेतृत्व आउने बताएका छन्।

पार्टीको १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले महाधिवेशनमा सहभागी देश विदेशबाट आएका पाहुना र सहभागीलाई धन्यबाद दिँदै उनीहरूले एमालेलाई परिचित, विश्वसनीय र भरपर्दो पार्टीका रुपमा दिएको शुभकामनालाई पूरा गर्ने बताए।

बन्दसत्रमै उपस्थित भएर शुभकामना दिनेमा कम्युनिष्ट पार्टी अफ बंगलादेशका अम्दुल्लाह अल काफी चौधरी, भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का जोगिन्दर शर्मा, भारतीय कम्युनिष्ट पार्टीका पल्लव सेन गुप्ता, कम्बोडियन पिपुल्स पार्टीका स्वोस याराले शुभकामना दिए।

कोरोनालगायत अन्य कारणले उपस्थिति हुन नसकेका पार्टीका नेताहरुले भिडियो र लिखित सन्देशमार्फत शुभकामना दिए।

प्रकाशित मिति: १८:१७ बजे, शनिबार, मंसिर ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्