Kathmandu Press

विरोधीहरुको जालझेल र षड्यन्त्रका कारण एमाले प्रतिपक्षमा पुग्याे : ओली

काठमाडौं, मंसिर ११ : एमाले अध्यक्ष केपी ओलीले आफ्नो कमीकमजोरीका कारण नभई विरोधीहरुको जालझेल र षड्यन्त्रका कारण पार्टी सत्तापक्षबाट प्रतिपक्षमा आएको बताएका छन्।पार्टीको १०औं...
विरोधीहरुको जालझेल र षड्यन्त्रका कारण एमाले प्रतिपक्षमा पुग्याे : ओली

काठमाडौं, मंसिर ११ : एमाले अध्यक्ष केपी ओलीले आफ्नो कमीकमजोरीका कारण नभई विरोधीहरुको जालझेल र षड्यन्त्रका कारण पार्टी सत्तापक्षबाट प्रतिपक्षमा आएको बताएका छन्।

पार्टीको १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रो हाम्रो कमीकमजोरीका कारणले होइन, हाम्रा विरोधीहरुका जालझेल, षडयन्त्र र असंवैधानिक कदमका कारण हाम्रो भूमिका परिवर्तित भएको छ। प्रतिक्रियावादी षड्यन्त्रका कारण हामी यस ठाउँमा पुगेका हौं।’

उनले पार्टीका सामु गम्भीर चुनौतीहरु थपिएको बताए। तर महाधिवेशन उद्घाटनमा देखिएको जनसहभागीताले देशमा जनसमर्थन कोसित छ भन्ने पुष्टि गरेको उनको भनाइ थियो।

एमालेलाई सिध्याइयो भनेर खुसी मनाउनेहरुको स्वप्न भंग भएको उनले दाबी गरे।

प्रकाशित मिति: १८:०३ बजे, शनिबार, मंसिर ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्