Kathmandu Press

केन्द्रीय कमिटी सदस्यमा गणेश पहाडीकाे उम्मेदवारी घोषणा

चितवन, मंसिर ११ : एमाले नेता गणेश पहाडीले केन्द्रीय कमिटी सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्।सिन्धुली–१ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका उनी यसअघि पनि केन्द्रीय...
केन्द्रीय कमिटी सदस्यमा गणेश पहाडीकाे उम्मेदवारी घोषणा

चितवन, मंसिर ११ : एमाले नेता गणेश पहाडीले केन्द्रीय कमिटी सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्।

सिन्धुली–१ बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका उनी यसअघि पनि केन्द्रीय सदस्य थिए। 

Hardik ivf

एमालेको दसौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र चितवनको सौराहास्थित होटल सेभन स्टारमा चलिरहेको छ। 

बाहिर उनका समर्थहकरूले सामाजिक सञ्जालमार्फत उनको पक्षमा समर्थन जुटाउन प्रचार अभियान थालेका छन्।

अब बन्ने एमाले केन्द्रीय कमिटी ३०१ जनाको हुनेछ। जसमा पदाधिकारी १९ जनाबाहेक २८२ जना केन्द्रीय सदस्य हुनेछन्। महिलाका लागि ३३ प्रतिशत छुट्याउँदा पुरुष केन्द्रीय सदस्य २०० जनाभन्दा कम हुन्छन्। तर आकांक्षी धेरै हुँदा त्यसका लागि पनि धेरै रस्साकस्सी गर्नुपर्ने देखिन्छ।

पुराना फेरि दोहोरिन चाहने र नयाँ पनि प्रवेश गर्ने मनशायका साथ उत्रिने हुँदा केन्द्रीय सदस्य चयनमा पनि निकै सकस हुने आकलन गरिएको छ। 

 

    

प्रकाशित मिति: १७:१४ बजे, शनिबार, मंसिर ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्