उपत्यकामा थपिए १२१ काेराेना संक्रमित, सक्रिय १७११ जना

काठमाडौं, मंसिर ११ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये काठमाडौंमा ९४, भक्तपुरमा ७ र ललितपुरमा २० जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या १,७११ रहेको छ।
तीमध्ये काठमाडौंमा ६८४, भक्तपुरमा ४८० र ललितपुरमा ५४७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:४३ बजे, शनिबार, मंसिर ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












