Kathmandu Press

एम्बुलेन्स मर्मत गर्दा बालाजु औद्योगिक क्षेत्रमा आगलागी

काठमाडौं, भदौ ५ : एम्बुलेन्स मर्मत गर्दा काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ।

बालाजु औद्योगिक क्षेत्रभित्र रहेको फोर्स मोटर ग....

एम्बुलेन्स मर्मत गर्दा बालाजु औद्योगिक क्षेत्रमा आगलागी

काठमाडौं, भदौ ५ : एम्बुलेन्स मर्मत गर्दा काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ।

बालाजु औद्योगिक क्षेत्रभित्र रहेको फोर्स मोटर ग्यारेजमा आज बिहान साढे ११ बजे आगलागि भएको प्रहरीले जनाएको छ। आगलागीबाट चार नया गाडी र एउटा मोटरसाईकल पूर्णरुपमा क्षति भएका छन्।

त्यस्तै, मर्मतको क्रममा रहेको शसस्त्र प्रहरी बलको एम्बुलेन्स पनि क्षति भएको छ। प्राईम इन्टरटेक नेपालका कानुनी सल्लाहाकार सानु श्रेष्ठका अनुसार शसस्त्र प्रहरी बलको एम्बुलेन्स मर्मत गर्ने क्रममा ग्यास लिक भएर आगलागी भएको थियो।

काठमाण्डौ महानगरपालिका र नेपाली सेनाका दमकलको आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १४:१२ बजे, बिहीबार, भदौ ५, २०७६