बन्दसत्र हलभित्र पसिसकेका प्रतिनिधि ‘स्क्रिनिङ’ गर्न बाहिर निकालिए
चितवन, मंसिर ११ : एमाले दसौं राष्ट्रिय महाधिवेशनको सौराहास्थित सेभेन स्टारमा रहेको बन्दसत्रको हलभित्र प्रवेश गरेका प्रतिनिधिलाई ‘स्क्रिनिङ’ गर्नुपर्ने भन्दै बाहिर निकालिएको छ।स्क्रिनिङ..._1200x800.jpg)
चितवन, मंसिर ११ : एमाले दसौं राष्ट्रिय महाधिवेशनको सौराहास्थित सेभेन स्टारमा रहेको बन्दसत्रको हलभित्र प्रवेश गरेका प्रतिनिधिलाई ‘स्क्रिनिङ’ गर्नुपर्ने भन्दै बाहिर निकालिएको छ।
स्क्रिनिङ नगर्दा असुरक्षा हुन सक्ने भन्दै उनीहरूलाई बाहिर निकालिएको हो। अनिवार्य स्क्रिनिङ गरेर मात्र सबैलाई भित्र प्रवेश गराउने क्रम जारी छ।
भित्र प्रवेश गरिसकेका प्रतिनिधि बाहिर निस्केर फेरि प्रवेशका लागि लाइन बस्न बाध्य भएका छन्। बिहान १० बजे सुरु हुने भनिएको महाधिवेशन बन्दसत्र अझै औपचारिक रूपमा सुरु भइसकेको छैन।
खासगरी १९ वटा संख्यामा रहेको पदाधिकारीमा आकांक्षी धेरैजना भएपछि कसरी व्यवस्थापन गर्ने भन्ने सकस नेताहरूलाई भइरहेको छ। नेता व्यवस्थापनका लागि विभिन्न तौरतरिकाबाट कसरत भइरहेकाले बन्दसत्र सुरु हुनै ढिलाइ भएको हो।
प्रकाशित मिति: १४:५० बजे, शनिबार, मंसिर ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












