उपचारका लागि प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान
काठमाडौं, भदौ ५ : प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्।
प्रधानमन्त्री ओली बिहीबार दिउँसो साढे एक बजे त....

काठमाडौं, भदौ ५ : प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्।
प्रधानमन्त्री ओली बिहीबार दिउँसो साढे एक बजे त्यसतर्फ प्रस्थान गरेका हुन्। उनको सिङ्गापुरस्थित नेसनल युनिर्भसिटी अस्पतालमा
उपचार हुने जनाएको छ।
प्रधानमन्त्री ओली १० दिन अघिमात्रै सिंगापुरमा उपचार गरेर स्वदेश फर्किएका थिए। उनको सिङ्गापुरस्थित नेशनल युनिर्भसिटी अस्पतालमा नौ दिन उपचार भएको थियो। यस अघि साउन १८ गते सिंगापुर गएका प्रधानमन्त्री ओली साउन २७ गते स्वदेश फर्किएका थिए।
उनको १२ वर्ष अघि मिर्गौला प्रत्यारोपण गरिएको थियो। अहिले आएर समस्या देखिएपछि उपचारका लागि सिंगापुर प्रस्थान गरेको जनाएका छ। प्रधानमन्त्रीलाई बिदाई गर्न गृहमन्त्री रामबहादुर थापा, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली विमानस्थल पुगेका थिए।
उनी थाइ एअरको विमानबाट बैंकक हुँदै सिंगापुर पुग्नेछन्। उपचारपछि प्रधानमन्त्री ओली भदौ २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।











-1784808429.png)