Kathmandu Press

पाल्पा कांग्रेस सभापतिमा हिमालदत्त श्रेष्ठ विजयी

पाल्पा, मंसिर ११ : नेपाली कांग्रेस पाल्पाको सभापतिमा हिमालदत्त श्रेष्ठ विजयी भएका छन्।श्रेष्ठ ८९० मत ल्याई सभापतिमा विजयी भएका हुन्। श्रेष्ठका प्रतिस्पर्धी कृष्णप्रसाद बस्यालले ३८१...
पाल्पा कांग्रेस सभापतिमा हिमालदत्त श्रेष्ठ विजयी

पाल्पा, मंसिर ११ : नेपाली कांग्रेस पाल्पाको सभापतिमा हिमालदत्त श्रेष्ठ विजयी भएका छन्।

श्रेष्ठ ८९० मत ल्याई सभापतिमा विजयी भएका हुन्। श्रेष्ठका प्रतिस्पर्धी कृष्णप्रसाद बस्यालले ३८१ मत ल्याएका छन्।

Hardik ivf

त्यस्तै उपसभापतिमा झपेन्द्र गहिरेले ७५४, ज्ञानबहादुर गाहाले ७७३ मत ल्याई विजयी भएका छन् भने प्रतिस्पर्धी माधव नेपालले ५४३ र शंकर खनालले ३६४ मत पाए। 
       
सचिव पदमा सन्तोष थापा मगरले ८०७, सुनिता अधिकारीले ७८५ मत ल्याई विजयी हासिल गरे। उनका प्रतिस्पर्धी हुमनाथ न्यौपानेले ३८२ र रमा पन्तले ४५५ मत पाउका छन्।

शुक्रबार भएको निर्वाचनमा दुई सहसचिवमा विष्णुकुमार थापाले ७४३ र हमिद अलिमियाँले ६४१ मत ल्याई विजयी भएका हुन्। कुल मतदाता सङ्ख्या १ हजार ३८६ मध्ये निर्वाचनमा १ हजार ३१३ मत खसेको थियो।

प्रकाशित मिति: १३:५५ बजे, शनिबार, मंसिर ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्