Kathmandu Press

'भिजिट भिषा'मा विदेश पठाउने मेनपावरलाई कारवाही गर्ने मन्त्री श्रेष्ठको चेतावनी 

'भिजिट भिषा'मा विदेश पठाउने मेनपावरलाई कारवाही गर्ने मन्त्री श्रेष्ठको चेतावनी 

काठमाडौँ, मंसिर ११ः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले भिजिट भिषामा नेपालीलाई विदेश पठाउने वैदेशिक रोजगार व्यवसायीलाई कारवाही गर्ने चेतावनी दिएका छन्। 

वैदेशीक रोजगार व्यवसायी तथा सरोकारवालाहरुसँगको छलफलमा मन्त्री श्रेष्ठले भिजिट भिषामा विदेश पुगेको युवाहरु अलपत्र पर्ने गरेका गुनासोहरु प्राप्त भएकोले त्यस्ता काम गर्ने व्यवसायीहरुलाई कारवाही गर्ने चेतावनी दिएका हुन् । उनले वैदेशिक रोजगारसम्बन्धी कानूनको कडाईका साथ कार्यान्वयन गर्ने दृढता पनि व्यक्त गरे ।

Hardik ivf

मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीबाट फर्केकाहरुलाई पुनः एकिकरणको योजनामा पनि सरकार रहेको बताएका छन्। विदेशमा श्रम गरेर फर्केकाहरुलाई त्यहाँ जानेको सीपको बजार सुनिश्चित गर्न पुनः एकिकरण योजना सरकारको प्राथमिकतामा रहेको बताए। 

 कतार प्रहरीमा रोजगारीका लागि नेपालीलाई प्राप्त अवसर गुम्न नदिनेमा जोड दिँदै उनले  वैदेशिक रोजगारीका लागि दक्ष जनशक्ति उत्पादन गर्न तालिम केन्द्रको विकेन्द्रीकरण, कतार भिसा सेन्टरसम्बन्धी कार्यको व्यवस्थापन, विदेशमा कार्यस्थलमा हुने मृत्यु, घाइते, अङ्गभङ्ग हुनेलगायत श्रमिकले झेल्नु परेका समस्या, पीडितको न्यायमा सहज पहुँच सुनिश्चित गर्नुपर्ने र उद्धारका लागि संयन्त्र स्थापना अपरिहार्य भएको बताए।

छलफलमा श्रम तथा रोजगार सामाजिक सुरक्षा मन्त्रालयका उच्च अधिकारीका साथै वैदेशिक श्रमसम्बन्धी विज्ञ र वैदेशिक रोजगार व्यवसायीहरूको बाक्लो उपस्थिति थियो। छलफलमा दिइएको जानकारीअनुसार हाल कतारमा साढे तीन लाखभन्दा धेरै नेपाली कार्यरत छन्।

प्रकाशित मिति: १२:०८ बजे, शनिबार, मंसिर ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्