Kathmandu Press

बहुविवाह मुद्दामा फरार महिला पक्राउ

कर्णाली, मंसिर ११ः सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयले बहुविवाह मुद्दामा फरार एक महिलालाई पक्राउ गरेको छ। बराहताल गाउँपालिका–१०को  ३० वर्षीया लक्ष्मी सारुलाई प्रदेश कार्यालयको...
बहुविवाह मुद्दामा फरार महिला पक्राउ

कर्णाली, मंसिर ११ः सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयले बहुविवाह मुद्दामा फरार एक महिलालाई पक्राउ गरेको छ। 

बराहताल गाउँपालिका–१०को  ३० वर्षीया लक्ष्मी सारुलाई प्रदेश कार्यालयको अनुसन्धान ब्यूरोले शुक्रबार पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा पक्राउ गरिएको  कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार उक्त मुद्दामा सुर्खेत जिल्ला अदालतको आदेशले रु एक हजारसहित एक वर्ष ६ महिना कैद सजाय सुनाएपछि उनी  फरार थिइन् । पक्राउ परेकी सारुलाई शुक्रबार नै सुर्खेत जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: ११:५४ बजे, शनिबार, मंसिर ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्