Kathmandu Press

युवालाई पलायन हुन नदिन व्यवहारिक शिक्षा लागू गर्नुपर्छः प्रदेश प्रमुख खापुङ

खोटाङ, मंसिर ११ः प्रदेश नम्बर १ का प्रमुख परशुराम खापुङले जैविक कृषि र व्यवहारिक शिक्षाका माध्यमबाट अरब जाने युवालाई स्वदेशमै रोक्न सकिने बताएका...
युवालाई पलायन हुन नदिन व्यवहारिक शिक्षा लागू गर्नुपर्छः प्रदेश प्रमुख खापुङ
Hardik ivf

खोटाङ, मंसिर ११ः प्रदेश नम्बर १ का प्रमुख परशुराम खापुङले जैविक कृषि र व्यवहारिक शिक्षाका माध्यमबाट अरब जाने युवालाई स्वदेशमै रोक्न सकिने बताएका छन्। 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभद्रा मदन फाउण्डेसनले निर्माण गरेको शुभम् ट्रेडिङ सेन्टर तथा जैविक क्याफे भवन, कस्टम हायरिङ सेन्टर र होमस्टे शुक्रबार शुभारम्भ गर्दै उनले जैविक कृषि र व्यवहारिक शिक्षाको माध्यमबाट रोजगारी सिर्जना गर्नसके देशका नौजवान रोजगारीका लागि अरब जान नपर्ने बताएका हुन्। 
    
उक्त फाउण्डेसनले सञ्चालन गरेको वैकल्पिक शिक्षा अभियान देशको भविष्यका साथै जनताको सुख, शान्ति र समृद्धि र  रोजगारीसँग पनि गाँसिएको प्रदेश प्रमुख खापुङले बताए। 
    
विश्वव्यापीकरणका कारण आगामी केही वर्षभित्र हाम्रै देशका नागरिक पनि  अमेरिका, अष्ट्रेलिया, लण्डनजस्ता मुलुक घुम्न जानु  रुचिको विषय हुनसक्ने पनि  हुने उनको भनाइ थियो  । ‘हामीले प्रयास ग¥यौँ भने अहिलेको जस्तो बाध्यात्मक अवस्था अन्त्य हुन्छ’, प्रदेश प्रमुख खापुङले भने, ‘यो अभ्यास शुभम् फाउण्डेशनले सुरु गरेको छ । आगामी दिन यसकोे अनुशरण सबैले गर्नुपर्छ ।’ 

प्रकाशित मिति: १०:०३ बजे, शनिबार, मंसिर ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्