कांग्रेस सभापतिका लागि दाङमा चार जना उम्मेदवार
दाङ, मंसिर ११ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत दाङमा सभापति पदका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन्।संस्थापन पक्षधबाट तीन र संस्थापन इतरबाट...
दाङ, मंसिर ११ : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत दाङमा सभापति पदका लागि चार जनाले उम्मेदवारी दर्ता गराएका छन्।
संस्थापन पक्षधबाट तीन र संस्थापन इतरबाट एक गरी चारजनाले जिल्ला नेतृत्वको लागि नाम दर्ता गराएका हुन्।
निर्वाचन समितिका अनुसार क्षेत्र नं १ बाट जानकीलाल बस्नेत, क्षेत्र नं २ बाट कमलकिशोर घिमिरे र भुपबहादुर डाँगीले उम्मेदवारी दिएका छन्। तीनैजना संस्थापन पक्षका हुन्।
त्यस्तै संस्थापन इतरबाट दाङको क्षेत्र नं ३ का शङ्कर डाँगीले मात्रै मनोनयन दर्ता गराएका छन्। उनी जिल्ला सचिव हुन्।
प्रकाशित मिति: ०७:५४ बजे, शनिबार, मंसिर ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












